अर्थ/बजारमंगलबार, चैत्र २३, २०७२

लक्ष्मी हुण्डाईलाई एक्सिलेन्ट सेल्स अवार्ड

हिमालखबर

लक्ष्मी हुण्डाईलाई एक्सिलेन्ट सेल्स अवार्ड
हुण्डाई गाडीको नेपालको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालीले ‘एक्सिलेन्ट सेल्स’ अवार्ड २०१५ प्राप्त गरेको छ । अवार्ड न्यूजील्यान्डको अकल्याण्डमा आयोजित एसिया प्यासिफिक हुण्डाई डिलर कन्भेन्सन २०१५ मा प्रदान गरिएको प्रालीले जानकारी दिएको छ ।

सन् २०१४–०१५ मा गरेको बिक्री परिमाण, वृद्धिदर र बजार हिस्साका आधारमा लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालीलाई यो अवार्ड प्रदान गरिएको हो । हुण्डाई गाडी विश्वका ५ ठूला गाडी निर्माता मध्ये एक हो । सन् २०१५ मा आफ्नो कम्पनीले विश्वभर ४९ लाख ६४ हजार ८ सय ३७ वटा गाडी बिक्री गरेको हुण्डाईले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...