Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
१४ वर्षीया किशोरी पाँच वर्षदेखि दाम्लोमा - Himalkhabar.com

थप समाचारमंगलबार, चैत्र २३, २०७२

१४ वर्षीया किशोरी पाँच वर्षदेखि दाम्लोमा

हिमालखबर

kishoreeजाजरकोट भेरीमालिका– ५ पुम्माकी १४ वर्षीया भगवती सिंह पाँच वर्षदेखि दाम्लोले बाँधिएकी छन् ।

आमा र छोरी मात्रै रहेको परिवारमा मानसिक रोगी भगवतीको हेरचाह गर्ने कोही नहुँदा दाम्लोले बाँधेर आफू मेलापात जानु परेको उनकी आमा मनसरा बताउँछिन् ।

५ बर्ष पहिलेसम्म राम्रै स्वास्थ्य अवस्थाकी भगवती एक्कसी रुने, कराउने र जतभावी हिंडिदिने गर्न थालिन । ५ कक्षामा पढदै गरेकी छोरीको अस्वाभाविक ब्यहोराले दिक्क परेकी मनसराले उनलाई उपचारका लागि नेपालगञ्जसम्म पुर्‍याइन् ।

तर, नेपालगञ्जस्थित भेरी अस्पतालले काठमाडौंको मानसिक अस्पतालमा लगेर उपचार गराउन भनेपनि पैसाको अभावमा काठमाडौं पु¥याउन नसकिएको मनसरा बताउँछिन् ।

भगवतीका बाबु पदम सिंह दोस्रो विवाह गरेर विदेश गएका छन् । घरमा आमा छोरी मात्रै छन् । साँझ–बिहानको जोहो गर्न धौ धौ हुने मनसराले छोरीलाई बाँधेर राख्नुभन्दा अर्को विकल्प देखेकी छैनन् ।

“छोरीको उपचारका लागि काठमाडौं जाने पैसा छैन, कसैले लगेर उपचार गराइदिए…” मनसराले भनिन्, “बाबुले हेरेनन्, म पनि सक्षम छैन, अभागी रैछ विचरी ।”
राजेन्द्र कार्की, जाजरकोट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>