Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विवाद मिलाउन एमालेले कार्यदल बनायो - Himalkhabar.com

समाचारमंगलबार, चैत्र २३, २०७२

विवाद मिलाउन एमालेले कार्यदल बनायो

हिमालखबर

नेकपा एमालेले केन्द्रीय विभाग, सल्लाहकार र अञ्चल कमिटी सदस्य मनोनयनको विवाद मिलाउन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा पृथ्वीसुब्बा गुरुङ र गोकर्णराज बिष्ट सम्मिलित कार्यदल गठन गरेको छ ।

कार्यदलले सम्बिन्धित विभाग प्रमुखको सहमतिमा विवाद मिलाउन कार्यदेश पाएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । कार्यदलले सम्बन्धित विभागका प्रमुख र उपप्रमुखको सिफारिस, वरिष्ठता र सम्बन्धित पक्षसँगको छलफलबाट विवादको किनारा लगाउनेछ ।

अहिले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पोलिट्ब्यूरोको बैठक बसिरहेको छ । बैठकले आगामी २७–३० चैतमा बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गरिने कार्यसूचीबारे छलफल गर्नेछ ।

१७ चैतमा बसेको स्थायी कमिटी बैठकमा केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयनबारे छलफल भए पनि विवादका कारण निर्णय भएको थिएन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>