समाचारमंगलबार, चैत्र २३, २०७२
नेपालको संविधानमा पूर्ण समर्थन छः ईयू राजदूत
परराष्ट्रमन्त्री कमल थापा र युरोपियन युनियन (ईयू) का राजदूतहरुबीच भेटवार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयमा भएको नियमित भेटवार्तामा ईयूका राजदूतहरुले नेपालको संविधानप्रति आफ्नो दृष्टिकोण यथावत रहेको बताएका छन् । परराष्ट्रमन्त्री थापाको जिज्ञासामा उनीहरुले संविधान नेपालको नीजि मामला भएको प्रतिक्रिया दिएका थिए ।
“सार्वभौम देशको संविधानप्रति हाम्रो पूर्ण समर्थन छ, यसबारे दृष्टिकोण बदलिएको छैन”, राजदूतहरुको भनाई उदृत गर्दै परराष्ट्रमन्त्री थापाका प्रेस सल्लाहकार मोहन श्रेष्ठले भने । नेपालको संविधान जारी गर्दा स्वागत गरेको ईयूले केही समयअघि ब्रसेल्समा भारतसँग संयुक्त बक्तव्यमार्फत अपूर्ण रहेको उल्लेख गरेको थियो ।
यसबारे मन्त्रिपरिषद्काे कार्यालय र परराष्ट्र मन्त्रालयले अापत्ति जनाएकाे छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
