समाचारमंगलबार, चैत्र २३, २०७२

१७ नक्कली डाक्टर काउन्सिलद्वारा निलम्बित

हिमालखबर

fake-doctorनेपाल मेडिकल काउन्सिलले नक्कली प्रमाणपत्रधारी १७ डाक्टरको दर्ता निलम्बन गरेको छ ।

काउन्सिल, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र उच्च माध्यामिक शिक्षा परिषद्को संयुक्त छानबिनका क्रममा काउन्सिलमा अस्थायी, स्थायी र परीक्षण दर्ता भएका तर, नक्कली शैक्षिक प्रमाणपत्र लिएको पाइएकाहरुको दर्ता निलम्बन भएको हो ।

निलम्बनमा पर्नेमा विष्णुपुर–५ सिराहाकी विनिता यादव, चुनिखेल–१ थानकोटका सुजितकुमार श्रेष्ठ, राजविराज–९ सप्तरीका राजेन्द्रप्रसाद दास, बिर्तामोड–३ झापाका रामबाबु गिरी, बैरवा–२ सप्तरीका तुलसीकुमार महतो, जनकपुर–१४ धनुषाका भगवान केवटमल्लाह, हतिर्सवा–५ महोत्तरीका सन्तोषकुमार यादव र सतोसार–६ धनुषाका शैलेन्द्र कुमार महतो छन् ।

यस्तै, औरही–६ महोत्तरिका श्यामबाबु शाह, कल्याणपुर–३ सप्तरीका मोहम्मद कमरुल हंक, जनकपुर–१ धनुषाका कल्याण विश्वास, इटहरी–१ सुनसरीका पशुपतिकुमार चौधरी, लोहान–१ धनुषाका मोहम्मद अहमद सिद्दकी, तौलिहवा–५ कपिलवस्तुका अफजल हुसैन, मत्सरी–५ रौतहटका राजीवकुमार झा, कलैया–४ बाराका पृथ्वीनारायण यादव, जनकपुर–९ धनुषाका प्रदीप कुमार गुप्ता पनि निलम्बनमा परेका छन् ।

विभिन्न मितिमा बसेको काउन्सिलको पूर्ण बैठकले हाल अदालतमा मुद्दा दायर भइससकेका १७ नक्कली भनिएका चिकित्सकहरुलाई निलम्बन गरेको हो ।

अब उनीहरुले नेपालभर चिकित्सा पेशा गर्न पाउँदैनन् ।

काउन्सिलले अदालतबाट मुद्दाको अन्तिम किनारा नलागेसम्म उनीहरु निलम्बनमा परेको र दर्ता प्रमाणपत्र परीक्षामा सहभागी हुन नपाउने निर्णय गरेको छ ।
रामु सापकोटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>