Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अब नाकाबन्दी हुँदैन, राजमार्ग अवरुद्ध हुनसक्छः महतो - Himalkhabar.com

समाचारबुधबार, चैत्र २४, २०७२

अब नाकाबन्दी हुँदैन, राजमार्ग अवरुद्ध हुनसक्छः महतो

हिमालखबर

Rajendra mahato 2सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बैशाखबाट मधेशमा आन्दोलन पुनः शुरु गरिए पनि सीमा नाकामा धर्नाको कार्यक्रम नहुने बताएका छन् ।

वीरगञ्जमा २४ चैतमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतोले वैशाखदेखि हुने आन्दोलनले अब सोझै सिंहदरबारमाथि दबाब दिने खालको हुने दाबी गरे ।

विगतको ६ महिनाको आन्दोलनको समिक्षा गर्दै उनले नाकाबन्दीले सरकारलाई दबाब नभई जनतामा मात्रै प्रभाव पारेकोले अब सिंहदरबारमै धर्ना दिने, मन्त्रीको गाडी रोक्ने जस्ता कार्यक्रम ल्याइने बताए । उनले राजमार्ग अवरुद्ध भने हुनसक्ने बताए ।

आफ्ना मागहरु पूरा गराउन सरकारलाई चैत मसान्त सम्मको अल्टिमेटम दिइएको बताउँदै उनले सरकारले बेवास्ता गरेको आरोप लगाए ।

“अहिलेको सरकार सभ्य छैन, जिम्मेवार पनि छैन,” उनले भने ।
जियालाल साह, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>