Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेसः संसदीय दलको निर्वाचन सम्पन्न, सुरेन्द्र चौधरीले पनि मत दिए - Himalkhabar.com

समाचारबुधबार, चैत्र २४, २०७२

कांग्रेसः संसदीय दलको निर्वाचन सम्पन्न, सुरेन्द्र चौधरीले पनि मत दिए

हिमालखबर

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनको मतदान सम्पन्न भएको छ ।

111कांग्रेस सांसदहरुमध्ये विरामी भएका कारण अनुपस्थित रहेका नरहरि आचार्य बाहेक सबैले मतदान गरेका छन् ।

नेपाली कांग्रेस पार्टी परित्यागको घोषणा गरेका पर्साका सांसद सुरेन्द्र चौधरीले पनि मत दिएका छन् ।

कुल मतदाता संख्या २०७ सदस्यमध्ये २०६ मत खसेको हो ।

संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् ।

नतिजा आजै सार्वजनिक हुने निर्वाचन समितिका संयोजक रमेश रिजालले बताएका छन् । मतदानका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको थियो ।

संसदीय दलका नेता तथा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन भई रिक्त रहेको पदका लागि निर्वाचन भएको हो ।

——————————————————————————————————————

कांग्रेस संसदीय दलको नेता छान्न मतदान हुँदै

हिमालखबर

संसदीय दलको नेता छनोट गर्न नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा मतदान शुरु भएको छ ।

सांसदहरुले मतदानका लागि लाइनमा उभिएका छन् । ११ बजे शुरु हुने भनिएको मतदान केही समय ढिलाई गर्दै शुरु भएको हो ।

संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

२०७ सांसदले मतदान गर्ने चुनावको नतिजा आजै सार्वजनिक हुने निर्वाचन समितिका संयोजक रमेश रिजालले बताए । मतदानका लागि भोटिङ मेसिनको प्रयोग गरिएको छ ।

संसदीय दलका नेता तथा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन भएकाले पुनःदलका नेता छनोट गर्न चुनाव भएको हो । अघिल्लो पटक देउवा सुशील कोइरालासँग संसदीय दलको नेतामा पराजित भएका थिए ।

कोइरालाले १०५ र देउवाले ८९ मत ल्याएको परिणाम १ चैतमा सकिएको १३औं महाधिवेशनमा सभापति निर्वाचित भएसँगै देउवाले उल्ट्याएका छन् । उनी समर्थक नेताहरुका अनुसार देउवा २५ देखि ३० मत अन्तरले दलको नेता निर्वाचित हुने अनुमान गरिएको छ ।

कपिल भट्ट, काठमाडाै‌ं

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>