Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चिट चोराउने अहेब पक्राउ - Himalkhabar.com

थप समाचारबुधबार, चैत्र २४, २०७२

चिट चोराउने अहेब पक्राउ

हिमालखबर

एसएलसी परीक्षाअन्तर्गत आज सञ्चालित स्वास्थ्य विषयको परीक्षामा चिट चोराइरहेको अवस्थामा एकजना अहेव पक्राउ परेका छन् ।

प्रहरीले स्थानीय जनता उच्च मावि परीक्षा केन्द्र कटहरियामा चिट चोराउँदै गरेको अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका अहेब शङ्कर यादवलाई पक्राउ गरेको हो ।

परीक्षा अनुगमन टोलीका सदस्य तथा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलालप्रसाद जयसवारको टोलीले सो केन्द्रका परीक्षार्थीलाई चिट चोराउने क्रममा अहेब यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीको नियन्त्रणमा रहेका अहेब यादवले जनता उच्च माध्यमिक विद्यालयमा स्वास्थ्य विषय अध्यापन गराउने गरेको बुझिएको छ ।

पक्राउ परेका अहेब यादवलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, गरुडाको हिरासतमा राखिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>