अर्थ/बजारबुधबार, चैत्र २४, २०७२

हिरो मोटकर्पले ल्यायो ड्युएट स्कुटर

हिमालखबर

विश्वको सबैभन्दा ठूलो दुई पांग्रे उत्पादक हिरो मोटोकर्पले ड्युएट स्कुटर नेपाली बजारमा ल्याएको छ ।

hero (1)हिरोको बिक्रेता नेपाल जेनेरल मार्केटिङले मेटल बडी भएको १११ सीसीको ड्युएट २४ चैतमा नेपालमा सार्वजनिक गरेको हो ।

बलियो टिकाउ मेटल बडीका साथै ड्युएटमा बाहिरै तेल राख्न मिल्ने, सिटभित्र मोबाईल चार्जिङ पोर्ट, बुट लाईट, सर्भिसिङ इण्डिकेटर, इण्टिग्रेटेड ब्रेकिङ सिस्टम लगायतको सुविधा छ ।

रेड, सिल्भर ह्वाइट, ग्रे, ग्रीन ब्ल्याक र भर्नियर ग्रे गरी ६ रङमा उपलब्ध स्कुटरको मूल्य रु १ लाख ७१ हजार ५ सय छ ।

ड्युटएट स्कुटर किन्ने उपभोक्ताले ५ वर्षको वारेन्टी, ९ फ्री सर्भिसिङका साथै सरल फाईनान्सको सुविधा पाउनेछन् ।

हिरोको ड्याश स्कुटर पनि बजारमा उपलब्ध छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...