समाचारबुधबार, चैत्र २४, २०७२

मेरो काँधमा थप जिम्मेवारी आएको छः सभापति देउवा

हिमालखबर

_MG_1937नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएपछि आफ्नो काँधमा थप जिम्मेवारी आएको बताएका छन् ।

आज भएको पार्टीको व्यवस्थापिका–संसद्, संसदीय दलको नेताको निर्वाचनमा विजयी भएपछि नेता देउवाले सञ्चारकर्मीसँग कुरा गर्दै भने, “यो पार्टीभित्रको आन्तरिक प्रजातान्त्रिक अभ्यास हो, यसमा जितहार हुँदैन, जिम्मेवारी कसले पायो भन्ने मात्रै हो ।”

दलको नेतामा सभापति देउवाले १३९ मत र वरिष्ठ नेता रामचन्द्र पौडेलले ६७ मत प्राप्त गरे ।

हालसम्मका सबै ठूला राजनीतिक आन्दोलनको नेतृत्व काँग्रेसले नै गरेको दृष्टान्त दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्ने, पुनःनिर्माणलाई अगाडि बढाउने, मधेशका समस्या सम्बोधन गर्ने काममा आफू सक्रिय हुने बताए ।

उनले प्रजातन्त्रकका लागि संघर्ष गर्नुपर्ने दिन फेरि नआओस भन्ने सुनिश्चित्ता दिने जिम्मेवारी पनि आफ्नो रहेको बताए ।

उनले नेता रामचन्द्र पौडेलको सहयोगको आवश्यकता रहेको भन्दै थपे, “उहाँलाई विश्वासमा लिएर पार्टीलाई अझ बलियो बनाएर अघि बढाउने छु ।”

न्यायालय राजनीतिक पार्टीको हस्तक्षेपबाट मुक्त हुनुपर्ने भन्दै उनले विदेशिएका नेपाली युवालाई स्वदेशमै फर्कने वातावरण बनाउने गरी देश विकासका कामलाई अघि बढाउनु जरुरी रहेको बताएका थिए ।

बहुदलीय प्रजातन्त्रमा बलियो प्रतिपक्षी नभएमा सत्तापक्ष निरकुङ्श हुने बताउँदै उनले त्यसका लागि कांग्रेसले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने पनि बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>