Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालमा मधुमेहका रोगी बढ्दै - Himalkhabar.com

समाचारबुधबार, चैत्र २४, २०७२

नेपालमा मधुमेहका रोगी बढ्दै

हिमालखबर

diabeticनेपालमा नसर्ने रोगबाट हुने मृत्युमध्ये मधुमेहका कारण ४० प्रतिशत मानिसहरुको ज्यान जाने गरेको छ ।

विश्व स्वास्थ्य दिवसका अवसरमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा नसर्ने रोगका बिरामी मध्ये ४० प्रतिशतको मधुमेहका कारण ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक भएको हो ।

स्वास्थ्य सेवा विभागका अनुसार अस्पतालमा बहिरंग सेवा लिन आउने ८४ र अन्तरंग सेवा लिन आउने ९० प्रतिशतमा मधुमेह सहितका अन्य नसर्ने रोगको समस्या देखिने गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सन् २०३० सम्ममा मधुमेहका रोगीको संख्या १३ लाख २८ हजार पुग्ने अनुमान छ ।

यस्तै, संगठनले दक्षिण पूर्वीएशियामा वार्षिक एक लाख युवाहरुको मधुमेहका कारण ज्यान जाने गरेको जनाएको छ ।

संगठन र स्वास्थ्य सेवा विभागका अनुसार मुलुकमा मधुमेहको जोखिम उच्चदरमा बढिरहेकोे छ ।

विश्व स्वास्थ्य संगठनको सन् २०१४को तथ्याङ्क अनुसार दक्षिण पूर्वीएशियाका ११ मुलुकमा ९ करोड ६० लाख मधुमेहका रोगी छन्, जसमध्ये आधा उपचारबाट बञ्चित छन् ।

सन् २०१२ मात्रै मधुमेहका कारण दक्षिण पूर्वीएशियामाका १० लाख मानिसले ज्यान गुमाएका थिए ।

मधुमेह रोग नियन्त्रणका लागि सरकारले पर्याप्त कदम नचालेकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक अच्युत लामिछानेले गत वर्ष मधुमेहसहित नसर्ने रोगका लागि छुट्याइएको बजेटमध्ये २८ प्रतिशत मात्र खर्च भएर बाँकी रकम ‘फ्रिज’ भएको बताए ।

मधुमेहबाट यसरी बचौं
त्रि.वि शिक्षण अस्पताल महाराजगञ्जका मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराई मुलुकमा धुमपान र मद्यपानका कारण मधुमेहका रोगीहरु बढिरहेको बताउँछिन् ।

भट्टराईका अनुसार तरकारीमा बिषादिको बढ्दो प्रयोगले पनि मधुमेहका रोगीहरु बढिरहेका छन् । उनी भन्छिन्, “स्वस्थ्य मानिसले वर्षमा कम्तीमा एक पटक रगत जाँच गराउनु पर्छ । कम गुलियो, नुन कम भएको, कम कर्बोहाइड्रेट र चिल्लो कम भएको खानेकुराको सेवन गरे मधुमेह रोगबाट बच्न सकिन्छ ।”

खासगरी मोटोपन भएका र शारीरिक व्यायाम कम गर्नेमा मधुमेह रोग लाग्ने गरेको छ । मोटोपन घटाउन नियमित शारिरिक व्यायाम आवश्यक भएको चिकित्सकहरु बताउँछन् ।

कार्यक्रममा सहभागी विश्व स्वास्थ्य संगठनका डा. जोशले नियमित हेरचाह र औषधि उपचारबाट मधुमेह रोग निको पार्न सकिने बताउँछन् ।

उनी भन्छन्, “बालबालिकालाई मधुमेहबाट बचाउन दैनिक एक घण्टा हिडाउने गरौं ।”

गर्भवती महिलाहरुलाई पनि मधुमेहको जोखिम हुने हुँदा खानपान र औषधि उपचारमा ध्यान दिनुपर्ने स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. निरा थापाको सुझाव छ ।

मुख सुक्खा हुने, पिसाब लागिरहने, धेरै भोक लाग्ने, तौल घट्ने, घाउ हत्तपत्त निको नहुने, हातगोडा झम्झमाउने, बढी निद्रा लाग्ने जस्ता लक्षण देखिए तुरुन्त स्वास्थ्य जाँच गराउनु पर्ने चिकित्सकहरुको सुझाव छ ।
रामु सापकोटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>