समाचारबुधबार, चैत्र २४, २०७२

देउवालाई भारतीय विदेशमन्त्रीको बधाई

हिमालखबर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेका संसदीय दलको नेतामा निर्वाचित भएकोमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बधाई दिएकी छन् ।

आजै संसदीय दलको नेतामा निर्वाचित भएका देउवालाई विदेशमन्त्री स्वराजले टेलिफोनमार्फत बधाई दिदै उनको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

देउवाले प्रतिस्पर्धी रामचन्द्र पौडेललाई ७२ मतको फरकले पराजित गरेका हुन् ।

कुल खसेको २०६ मतमध्ये शेरबहादुर देउवाले १३९ र रामचन्द्र पौडेलले ६७ मत प्राप्त गरेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>