Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
१७ वर्षीया रिंकुको विद्रोह - Himalkhabar.com

थप समाचारबुधबार, चैत्र २४, २०७२

१७ वर्षीया रिंकुको विद्रोह

हिमालखबर

आफ्नो मञ्जुरी बिना अभिभावकहरुले भारतीय युवकसँग विवाह गरिदिन थालेपछि वीरगञ्जकी किशोरीले परिवारसँग विद्रोह गरेकी छन् ।

rinku thakur in middale

माइती नेपाल, वीरगञ्जमा रिंकु ठाकुर (बीचमा)

वीरगञ्ज छप्कैया–१ सिसौबारीकी १७ वर्षीया रिंकुको विवाह भारतको घोडासनका युवकसँग १३ वैशाखमा हुने तय भइसकेको थियो ।

परिवारले आफ्नो मञ्जुरीबिना ७ कक्षा पढेका भारतका युवकसँग विवाह गरिदिन लागेपछि त्यसविरुद्ध रिंकुले दुई महीनाअघि प्रहरीमा उजुरी गरिन् ।

१२ कक्षामा पढदै स्थानीय रेडियोमा समाचार वाचनसमेत गर्ने रिंकुले आफ्नो पढाई र उमेर विवाहयोग्य नभएकाले केही वर्ष पर्खन भन्दै विन्तिभाउ गर्दा पनि परिवारले बिहे गर्नै पर्ने बताएपछि उनी प्रहरीको सहयोग लिन पुगेकी हुन् ।

प्रहरीले उनका बाबु नागेन्द्र ठाकुरलाई बोलाएर सम्झाईबुझाई गर्दा पनि केही नलागेपछि रिंकुले माइती नेपालमा गुहार लगाइन् ।

त्यसले पनि केही नलागेपछि उनी केही साथीहरुलाई लिएर प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठसँग सहयोग माग्न गइन् । श्रेष्ठले उनका अभिभावकलाई बोलाएर सम्झाई बुझाई गर्दा उनीहरु अहिले बिहे नगरिदिने समझदारीमा पुगे ।

तर, घर पुगेपछि रिंकुलाई रेडियोमा जानबाट रोक्ने र कुटपीट गर्दै जसरी भएपनि विवाह गरिदिने बताएपछि उनले पुनः प्रहरीसँग सहयोग मागिन् । अहिले प्रहरीले रिंकुलाई माइती नेपालको संरक्षणमा पठाएको छ ।

“मेरो अझै पढ्ने मन छ तर, घरमा बिहे गर्नै पर्ने दबाब छ । कुटपीट समेत गर्न थालेपछि घर छोडें,” रिंकु भन्छिन् ।

रिंकुको हेरचाह र सम्पूर्ण खर्च माईती नेपालले नै बेहोर्ने माईती नेपाल वीरगञ्जकी प्रमुख संगीता पुरीले बताएकी छन् ।

तराईमा सानै उमेरमा, छोरीको मञ्जुरी बिनानै बिबाह गरिदिने चलन रहेकोमा रिंकुको विद्रोहले चेतना फैलाउने काम गरेको उनको धारणा छ ।

प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी पनि रिंकुको कदमको प्रशंसा गर्दै उनलाई आवश्यक सहयोग गरिएको बताउँछन् ।

-सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>