समाचारबिहीबार, चैत्र २५, २०७२
नामिबियाविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा
काठमाडौंमा बैशाखमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिवियाविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।
आईसीसीको निर्देशन अनुसार गठित छनोट समितिले पारस खड्काको कप्तानीमा १४ सदस्यीय खेलाडीको घोषणा गरेको हो ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिवियविरुद्ध नेपालले ४ र ६ वैशाखमा त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा खेल हुनेछ ।
टोलीको उपकप्तानमा ज्ञानेन्द्र मल्ल छन्। अन्य खेलाडीहरुमा सागर पुन, राजु रिजाल, नरेश बुढाएर, शरद भेष्वाकर, विनोद भण्डारी,सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन छन्।
सन्दिप लामिछाने, करण केसी, सुसान भारी र राजेश पुलामी मगर पनि छनोटमा परेका छन् । अनिलकुमार मण्डल, विक्रम सोव, दीपेन्द्र सिंह ऐरी र प्रेम तामाङ वैकल्पिक खेलाडीको सूचीमा छन् ।
क्यानमा विवाद भएपछि आईसीसीको निर्देशन अनुसार पारस खड्का, जगत टमाटा र आईसीसी प्रतिनिधि भेन्कतापथी राजु रहेको तीन सदस्यीय छनोट समिति गठन भएको थियो।