समाचारबिहीबार, चैत्र २५, २०७२

आज पनि बनेन संसद नियमावली

हिमालखबर

व्यवस्थापिका संसदको कार्यसञ्चालन नियमावली बनाउने गरी बसेको नियमावली मस्यौदा समितिको बैठक स्थगित भएपछि आज पनि नियमावली जारी हुन सकेन ।

दलहरूबीच संसदीय सुनुवाई विशेष समितिको सदस्य संख्यामा विवाद भएपछि सर्वसम्मत रुपमा नियमावली बनाउने प्रयास असफल हुँदै आएको थियो । विवादका बीच मतदानबाट भए पनि आज नियमावली बनाउने  भनी बसेको मस्यौदा समितिको बैठकमा कांग्रेस सांसदहरू उपस्थित नभएपछि स्थगित भएको हो ।

भोलि हुने नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचनका लागि आज मनोनयन दर्ता गराउने दिन तोकिएकाले बैठक स्थगित गर्न आग्रह गर्दै नेपाली कांग्रेसले पत्र पठाएको थियो ।

बैठकको शुरुमै समिति सभापति राधेश्याम अधिकारीले कांग्रेसको पत्र पढेर सुनाएपछि अन्य दलका सांसदले समेत प्रमुख प्रतिपक्षी दलका सांसदको अनुपस्थितिमा नियमावली बनाउन  नहुने भन्दै स्थगित गर्नुपर्ने धारणा राखेका थिए ।

सभापति अधिकारीले अर्को सूचना जारी गरी बैठकको मिति तोकिने गरी आजको बैठक स्थगित भएको घोषणा गरेका थिए ।

संसदको नियमावली अभावमा सर्वोच्च अदालतमा न्यायाधीश, निर्वाचन आयोगमा प्रमुख आयुक्तको सुनुवाई हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>