खेलकुदबिहीबार, चैत्र २५, २०७२

फिफा र्‍याङ्किङमा नेपाल ६ स्थान उक्लियो

हिमालखबर

fifaविश्वफूटबलसंघ (फिफा) को श्रेणी निर्धारणा (र्‍याङ्किङ)मा नेपाल ६ स्थानमाथि उक्लेको छ ।

गत महिना १८५ औं स्थानमा रहेको नेपाल १७९औं स्थानमा उक्लिएको हो ।

विश्व फूटबल संघ (फीफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ सूची अनुसार दक्षिण एशियाली मुलुकहरूमध्ये अफगानिस्तान सबैभन्दा माथि १४७ औं स्थानमा छ। त्यसैगरी माल्दिभ्स १६०औं स्थानमा, भारत १६२ औं स्थानमा र बंगलादेश १७७ औं स्थानमा छन्।

त्यसैगरी नेपालभन्दा मुनी भूटान १८६ औं स्थानमा, श्रीलंका १८७ औं स्थानमा र पाकिस्तान १९० औं स्थानमा छन्।

पहिलो स्थानमा अर्जेन्टिना, दोस्रोमा बेल्जियम र चिली तेस्रो स्थानमा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...