Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ग्राण्डी अस्पतालमा नयाँ विधिबाट पत्थरीको शल्यक्रिया - Himalkhabar.com

अर्थ/बजारबिहीबार, चैत्र २५, २०७२

ग्राण्डी अस्पतालमा नयाँ विधिबाट पत्थरीको शल्यक्रिया

हिमालखबर

grandeग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा पत्थरीको शल्यक्रिया गर्दा प्रयोग गरिने नयाँ विधिको बारेमा जानकारी दिन तीन दिने कार्यशाला ‘दोस्रो यूरोकोन–२०१६ शुरु’ भएको छ ।

अस्पताल र नेपाल एशोसियसन अफ यूरोलोजिक सर्जन्सद्धारा संयुक्त रुपमा आयोजित कार्यशालामा नेपालसहित कुबेत, सिंगापुर, न्यूजिल्याण्ड र भारत लगायतका देशबाट आएका १५० यूरोसर्जन सहभागी छन् ।

सहभागीहरुलाई ग्राण्डीका प्रा.डा. प्रेमराज ज्ञवाली र भारत र चीनका युरो सर्जनको टोलीले आरआईआरएस विधि मार्फत शल्यक्रियाको प्रशिक्षण दिएका थिए ।

ग्रान्डी अस्पतालले तीन वर्ष अघिदेखि पथ्थरी, प्रोस्टेट र अन्य ट्यूमरहरुको आरआईआरएस विधिबाट शल्यक्रिया गर्दै आएको छ ।

यस अघि मुलुकमा किड्नीको पत्थरीको शल्यक्रिया गर्न मिनि, अल्ट्रा र माइक्रो मिनिपिसिएनएल विधि प्रयोग हुँदै आइरहेको थियो ।

पेटमा प्वाल पारेर ढुङ्गा निकाल्ने पिसिएनएल प्रविधिको विकासपछि हाल बिना घाउ र प्वाल शल्यक्रिया गर्ने आरआईआरएस विधिको विकास भएको छ । यसरी शल्यक्रिया गरेका बिरामी भोलिपल्टै घर जान सक्ने चिकित्सकहरु बताउँछन् ।

पाँच मिलिमिटरभन्दा सानो पत्थरिलाई ९५ प्रतिशत बिरामीमा पाँच हप्ताभित्र हटाउन सकिन्छ । तर सो भन्दा ठूलो पत्थरीको शल्यक्रिया गर्न आरआइआईएस महत्वपूर्ण विधि भएको चिकित्सकहरु बताउँछन् ।
रामु सापकोटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>