समाचारबिहीबार, चैत्र २५, २०७२

छिमेकी देशसँगको असमझदारी हल गर्न प्रधानमन्त्री चुकेः नेता नेपाल

हिमालखबर

madhav_nepalनेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी देशसँगको असमझदारी हल गर्न चुकेको बताएका छन् ।

झण्डै १० महीनापछि गृहनगर गौर पुगेका नेता नेपालले प्रधानमन्त्री ओली भारतसँग कुटनीतिक सम्बन्ध कायम गर्न असफल भएको बताए । उनले भने, “छिमेकी देशसँगको असझदारी हल गर्ने अवसर प्रधानमन्त्रीले गुमाए ।”

पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री ओलीको आलोचना गर्दै नेता नेपालले पार्टीभित्र गुटबन्दी संस्थागत गर्ने कार्यमा नलाग्न आग्रह गरे । पार्टीभित्र सबैलाई समेटेर अघि बढ्न प्रधानमन्त्री ओली असफल भएको उनले बताए ।

कसैलाई थाहा नदिई गौर पुगेका नेता नेपालले मधेशी जनताको विश्वास मधेशी मोर्चाले गुमाइसकेको बताए । झण्डै एक घण्टा पार्टी कार्यकर्तासँग गौर बसेर उनी फर्किए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>