थप समाचारशुक्रबार, चैत्र २६, २०७२

अमेरिकामा रहेका भुटानी शरणार्थीको सम्मेलन जुलाईमा

हिमालखबर

obcaपुनर्वास भएका भुटानी शरणार्थीको छैठौं सम्मेलन अमेरिकाको ओहायो राज्यमा आगामी जुलाई महीनाको दोस्रो साता हुने भएको छ ।

ओहायोको सिन्सीनाटीमा ८—१० जुलाईमा हुने सम्मेलनमा अमेरिकाका ३० राज्यमा रहेका एकहजार बढी भुटानी शरणार्थी सहभागी हुने छन् ।

सम्मेलनमा राष्ट्रसंघीय शरणार्थी आयोगका अधिकारीहरु समेत आमन्त्रित रहेको आयोजक अर्गनाइजेसन अफ भुट्निज कम्युनिटीज् इन अमेरिकाका अध्यक्ष डिबी राईले बताए ।

सम्मेलनमा भुटानी शरणार्थी समाजको सामाजिक तथा साँस्कृतिक जीवनका बद्लिँँदा पक्षहरुलाई केलाइनेछ ।

सम्मेलनमा एकलाख बढी भुटानी शरणार्थी पुनर्बास भएका अवसरलाई बिशेष उत्सवको रुपमा लिइने बताइएको छ ।

सन् २००८को शुरुदेखि मानवीय सहायता स्वरुप झापा र मोरङका सात शिबिरका भुटानी शरणार्थीलाई अमेरिका लगायतका आठ मुलुकमा पुनर्बास गर्न थालिएको हो ।

हालसम्म १ लाख १ हजार ६५२ शरणार्थी नेपालबाट अमेरिका र युरोपेली मुलुकमा पुनर्वास भएका छन् । तीमध्ये ८८ प्रतिशत अमेरिका पुगेका छन् ।

शरणार्थी पुनर्वास भएका अन्य मुलुकमा क्यानाडा, डेनमार्क, नेदरल्याण्ड, नर्बे, न्युजिल्याण्ड, बेलायत र अष्टे«लिया छन् ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>