Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
'क्यामेराले चालकसँगै प्रहरीको निगरानी गर्छ' - Himalkhabar.com

समाचारशुक्रबार, चैत्र २६, २०७२

‘क्यामेराले चालकसँगै प्रहरीको निगरानी गर्छ’

हिमालखबर

DIGमहानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याल भन्छन्, “छातीमा लगाइएको क्यामेराले अडियो–भिडियो रेकर्ड गर्ने भएपछि चालकसँगै ट्राफिक प्रहरी पनि जवाफदेही हुनुपर्नेछ।”

ड्यूटीमा खटिएका ट्राफिक प्रहरीको छातीमा क्यामेरा राख्नुको कारण के हो?
यसको उद्देश्य यातायात सञ्चालन व्यवस्थित गर्नु हो। अमेरिकालगायतका देशमा यस्तो क्यामेराको प्रयोग पहिलेदेखि नै हुँदै आएको छ। हामीले पाँच वटा क्यामेराबाट परीक्षण थालेका छौं। शुरु भएको एक सातामै राम्रो प्रतिक्रिया आएकाले क्यामेरा थप गर्दैछौं।

सीसीटिभीबाट निगरानी गर्ने प्रयास असफल भएपछि यो प्रविधि ल्याइएको हो?
सीसीटिभी र यो क्यामेरा प्रयोगको उद्देश्य नै फरक छ। सीसीटिभीले निश्चित स्थानबाट निगरानी मात्रै गर्न सक्दछ। तर यो क्यामेरा मान्छेसँगै चलायमान हुन्छ र आवाज पनि रेकर्ड गर्दछ।

क्यामेराको प्रयोगबाट यातायात व्यवस्थापन कसरी चुस्त हुन्छ?
ड्यूटीमा बस्नेको छातीमा जडित क्यामेराले प्रहरी र सवारी चालक दुवैलाई जिम्मेवार बनाउँछ। तनावका वेला पनि उनीहरू नम्र हुनेछन्। क्यामेरामा रेकर्ड हुने भएपछि दुवै पक्ष जवाफदेही बन्नेछन्। सडक लेन मात्रै होइन, अन्य गतिविधिको निगरानीमा पनि क्यामेराको महत्वपूर्ण भूमिका हुन्छ।

दुर्घटनामा लेन अनुशासन उल्लंघन कत्तिको जिम्मेवार छ?
पालना गर्नै पर्ने भएकाले सडकमा लेन छुट्याइएको हुन्छ। अधिकांश दुर्घटना त्यसमा पनि ज्यानै जाने गरिका दुर्घटना लेन अनुशासन पालना नगरेका कारण भएका छन्। लेनमा नचलाउनु भनेको विपरीत दिशाबाट आउने व्यक्ति र आफ्नो समेत ज्यान जोखिममा राख्नु हो।

लेन अनुशासन पालना नगर्नेलाई कस्तो कारबाही हुन्छ?
गोप्रो क्यामेरा, सीसीटिभी र प्रत्यक्ष निगरानीबाट लेन अनुशासन पालना नगर्नेको सवारी लाइसेन्स जफत गर्ने गरेका छौं। जरिवाना रकम तिरेको भौचर र ट्राफिक प्रहरीको कक्षा लिएको प्रमाण पेश गरेपछि मात्रै लाइसेन्स फिर्ता गर्छौं।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>