थप समाचारशुक्रबार, चैत्र २६, २०७२

भारत पुर्‍याइएकी युवती भागेर घर फर्किन्

हिमालखबर

जागिरको प्रलोभन दिएर भारतीय शहर बैङलोरमा लगेर यौनधन्दामा लगाइएकी युवती भागेर घर फर्किएकी छन् ।

दोधारा चाँदनी नगरपालिकाकी ती युवतीलाई दोधाराका शङ्कर धामीले विसं २०६६ मा राम्रो जागिर दिने आश्वासन दिएर बैङलोर लगेका थिए । घरको कमजोर आर्थिक अवस्था भएकाले छिमेकी धामीको प्रलोभनमा परी उनी कक्षा ८ को पढाइ छाडेर १२ वर्षको उमेरमा भारत गएकी हुन् ।

बैङलोर पुगेर एक सातापछि घरमा भाँडाकुँडा सफा गर्ने काममा लगाएको एक महिनापछि यौनधन्दाका लागि बाध्य पारिएको थियो । १४ घरमा भाँडाकुँडा सफा गरी मासिक २३ हजारसम्म कमाई हुने गरेको उनले बताइन् । “उनी आफैँले मेरो पैसा बुझेर लग्थे, दिनरात मालिकको ओछ्यानमा लगेर शङ्करले छाडेर आउने र बिहानपख लिन आउने गर्थे”, पीडित युवतीले भनिन् ।

ट्रक चलाउने शङ्करले नै सो धन्दा बापतको रु १० हजार रकम लिने गरेको उनले बताइन् । मालिकको घरमा लैजाँदै गर्दा शौचालय जाने बहाना बनाएर भागेर आएको उनले बताइन् । कैलालीको धनगढीका युवाको सहयोगमा वनबासासम्म आइपुगेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>