Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एसएलसी दिने विद्यार्थी बसेको घरमा आगलागी - Himalkhabar.com

समाचारशुक्रबार, चैत्र २६, २०७२

एसएलसी दिने विद्यार्थी बसेको घरमा आगलागी

हिमालखबर

म्याग्दीको दरवाङमा एसएलसी दिने ६६ विद्यार्थी बसेको घरमा आगलागी भएपछि विद्यार्थीका सबै पाठ्यसामाग्री नष्ट भएका छन् ।

परीक्षा केन्द्रको नजिकै रहेको घरमा आगलागी भएका कारण जनप्रिय उच्चमाविमा आजको एसएलसी ५५ मिनेट ढिला गरी शुरु भएको प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

जनप्रिय उच्च मावि परीक्षा केन्द्रमा एसएलसी दिन आएका अमरज्योति मावि रुम डाँडागाउँका विद्यार्थी बसेको मेखबहादुर पुनको घर आगलागीबाट ध्वस्त भएको हो ।

बिहान करिब ८ बजे विद्युत् चुहावट भई आगलागी हुँदा दुईतले घरमा रहेका सबै सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घरका लत्ताकपडा, अन्नका साथै एसएलसी दिने विद्यार्थीको पाठ्यपुस्तक लगायतका सामग्री आगोले जलेको खड्काले जानकारी दिए ।

जनप्रिय उच्चमावि नजिकै रहेको उक्त घरमा ६६ जना एसएलसी दिने विद्यार्थी बस्दै आएका थिए ।

प्रहरी, स्थानीय बासीन्दा र विद्यार्थीले आगलागी नियन्त्रणमा लिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>