समाचारशुक्रबार, चैत्र २६, २०७२
कांग्रेस संसदीय दल कार्यसमितिको मतदान शुरु
नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिका लागि निर्वाचन शुरु भएको छ ।
मतदान मध्यान्ह १२ बजेसम्म सकिने निर्वाचन समितिका सचिव केशब रिजालले बताए । मतदान विद्युतीय मेसिनबाट भइरहेको छ ।
सात प्रदेशबाट एक÷एकजना गरी सात र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तबमोजिम १५ गरी जम्मा २२ पदका लागि निर्वाचन हुँदैछ । निर्वाचन सम्पन्न भए लगत्तै निर्वाचन परिणाम आउने समितिले जनाएको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
