अर्थ/बजारशुक्रबार, चैत्र २६, २०७२

सुजुकी बोलेनो नेपाली बजारमा

हिमालखबर

नेपाली ग्राहकका लागि विश्वस्तरीय कार उपलब्ध गराउँदै आएको सुजुकीले सुजुकी बोलेनो कार बजारमा ल्याएको छ ।

Baleno Picप्रिमियम क्वालिटिको यो कार ग्राहकका लागि ज्यादै उपयुक्त हुने कम्पनीले आशा गरेको छ । कम्पनीले सुजुकीको यो कार ‘सिजि नेक्ट जेन’ मार्फत उलब्ध गराउनेछ ।

कारले एक लिटर पेट्रोल बरबार २१ दशमलव ४ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

८४ दशमलव ३ पिएस पिक पावर दिने यो कार उच्चतम सवारी क्षमता, सुरक्षा, इन्धन क्षमता र कम ध्वनि प्रदुषणका लागि प्रशंसा कमाएको कम्पनीले जनाएको छ ।

नयाँ टेक्ट प्लाटफर्ममा बनाइएको यो कार हल्का, र तुलनात्मक रुपमा बलियो भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फाइनान्स सुविधामा पनि उपलब्ध हुने यो कारको सुरुवाती मुल्य रु. २६ लाख ९९ हजार रहेको र देशभरका सुजुकी बिक्री केन्द्रमा बुकिङ खुला रहेको कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...