Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
गैरकानूनी हुवावे सेटबाट सावधान - Himalkhabar.com

अर्थ/बजारशुक्रबार, चैत्र २६, २०७२

गैरकानूनी हुवावे सेटबाट सावधान

हिमालखबर

huawei-logoबजारमा हुवावेका जस्तै ‘ग्रे’ र गैरकानूनी मोबाइल सेट देखिएको भन्दै मोबाइल फोन निर्माता हुवावेले ग्राहकलाई सचेत गराएको छ ।

कम्पनीले यस्तौ गैर कानूनी रुपमा भित्रिएका मोबाइल फोनले नेपाली सेवा प्रदायकका नेटवर्कमा सही रुपमा प्रयोग गर्न कठिन हुने जनाएको छ । सस्तो दाममा पाइयो भनेर ग्राहकले यस्ता मोबाइल खरिद गर्दा पछि प्रयोगमा धेरै समस्या आउने पनि भन्दै सचेत गराइएको छ ।

यस्तो समस्यालाई ध्यान दिँदै नेपाल दूर संचार प्राधिकरणले बैशाखदेखि अनिवार्यरुपमा मोबाइल सेट (आईएमईआई नम्बर) दर्ता गर्नुपर्ने जनाएको छ ।
आईएमईआई नम्बरद्वारा आफ्नो फोन सक्कली हो की नक्कली हो भनेर थाहा पाउन सकिन्छ ।

कम्पनीले अवैध रुपमा भित्रिएको मोबाइलको वारेन्टी नहुने, अपरेटिंग सिस्टम अपग्रेड नहुने र नेटवर्क नटिप्ने जस्ता समस्या आउने गरेको जनाएको छ ।

“यस्तो समस्या हुवावे ब्राण्डमा भित्रिएका ग्रे फोनहरुमा पनि देखिएको हुँदा ग्राहक सर्तक रहन अनुरोध गर्दछौं,” कम्पनीको विज्ञप्तिमा उल्लेख छ, “हुवावेका आधिकारिक फोनमा ग्राहकले सर्भिस सेन्टरबाट सेवा प्राप्त गर्ने, आधिकारिक वारेन्टी कार्ड प्राप्त गर्ने र भ्याट बिल पाउने सुनिश्चित छ ।”

हुवावेका फोन खरिद गर्दा आशंका भएमा वा कुनै जानकारी आवश्यक भएमा ग्राहकलाई कम्पनीमा सम्पर्क गर्न पनि कम्पनीले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>