अर्थ/बजारशुक्रबार, चैत्र २६, २०७२

मेगा र एस ब्यांकबीच रेमिट सम्झौता

हिमालखबर

Mega-Yes Bank Agreementमेगा ब्यांक र भारतको एस ब्यांक बीच रेमिट सम्झौता भएको छ । यसबाट भारतमा काम गरिरहेका नेपालीलाई सहज रुपमा रेमिट्यान्स पठाउन सजिलो हुने ब्यांकले जनाएको छ ।

सम्झौतापत्रमा मेगा बैंकका चिफ बिजनेश अफिसर रबिना देशराज श्रेष्ठ र एस बैंकका ग्रुप प्रेसिडेन्ट अरुण अग्रवाल तथा सिनियर प्रेसिडेन्ट ऋतेश पाईले हस्ताक्षर गरेका छन् ।

यससँगै भारतमा रहेका नेपालीले एस बैंकको रेमिट्यान्स सेवामार्फत स्वदेशमा पैसा पठाउन सक्ने भएका छन् ।

सम्झौता अनुसार भारतस्थित एस बैंकको ११ हजार एस मनी सर्भिसका एजेन्टबाट नेपालीले सिधै नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन ।

यसरी पठाएको रेमिट्यान्स मेगा बैंकको देशभरका कुनैपनि शाखा वा एजेन्टवाट प्राप्त गर्न सकिने छ ।

मेगा बैंकका देशभर ३० शाखा, ५३ वटा शाखारहित बैंकिङ सेवा र १ हजार ३५० भन्दा बढी रेमिट्यान्स एजेन्ट छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>