Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
उच्चस्तरीय सङ्घीयता कार्यान्वयन तथा पुनःसंरचना निर्देशक समिति गठन - Himalkhabar.com

समाचारशुक्रबार, चैत्र २६, २०७२

उच्चस्तरीय सङ्घीयता कार्यान्वयन तथा पुनःसंरचना निर्देशक समिति गठन

हिमालखबर

मन्त्रिपरिषद्को आज, २६ चैतको बैठकले प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा ११ सदस्यीय उच्चस्तरीय सङ्घीयता कार्यान्वयन तथा पुनःसंरचना निर्देशक समिति गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठन गरेको उक्त समितिमा उपप्रधान तथा रक्षामन्त्री भीम रावल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेल, सामान्य प्रशासनमन्त्री रेखा शर्मा र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडा छन् ।

सदस्य सचिवमा मुख्य सचिव डा सोमलाल सुवेदी रहेका छन् ।

त्यस्तै, मुख्य सचिव संयोजक रहेको नौ सदस्यीय सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचना समन्वय समिति पनि गठन गरिएको छ ।

समितिमा अर्थ, गृह, रक्षा, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, सामान्य प्रशासन, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवहरु र प्रधानमन्त्री कार्यालयका सचिव छन् भने सदस्य सचिवमा प्रधानमन्त्री कार्यालयका सहसचिव रहनेछन् ।

मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि युरोपेली सङ्घले नेपाल सरकारलाई उपलब्ध गराउने करिब रु १२ अर्ब ५५ करोड वित्तीय सहायतामध्येबाट रु ६५ करोड प्राविधिक सहयोग स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री राईले जानकारी दिए ।

प्रत्येक गाविसमा एक/एक कृषि र पशु प्राविधिज्ञ
बैठकमा प्रत्येक गाविसमा एक कृषि र एक पशु प्रविधिज्ञ राख्ने निर्णय पनि गरेको छ । कृषि र पशु प्रविधिज्ञ ५००/५०० जना प्रतिस्पर्धाबाट करारमा नियुक्त गरिने छ ।

त्यसैगरी बैठकले ‘अनलाइन समाचार सञ्चालन निर्देशिका – २०७२’ लाई सम्बन्धित समितिमा छलफलका लागि पठाउने निर्णय गरेको छ ।
अनलाइन सञ्चारमाध्यमहरुको दर्ता, नवीकरण, सञ्चालन, अनुगमन, प्रबर्धन र व्यवस्थित गर्न बनेको निर्देशिकालाई सम्बन्धित समितिमा पठाउने निर्णय भएको मन्त्री राईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>