Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एमालेका पूर्वसांसद यादव पूर्पक्षका लागि थुनामा - Himalkhabar.com

समाचारशुक्रबार, चैत्र २६, २०७२

एमालेका पूर्वसांसद यादव पूर्पक्षका लागि थुनामा

हिमालखबर

जिल्ला अदालत धनुषाले एमालेका बैकल्पिक पोलिटव्युरो सदस्य तथा पूर्वसांसद योगनारायण यादवलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले यादवसँगै दुर्गा साहलाई समेत पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

एक वर्षअघि पूर्वी धनुषाको सबैला गाउँस्थित मदनआश्रित निमावि व्यवस्थापन समिति चयनका लागि भएको विवादमा दुई जनाको ज्यान गएको र केही घाइते भएको घटनाका मुख्य योजनाकार मानिएका यादवमाथि कर्तव्यज्यान तथा ज्यान मार्ने उद्योग मुद्दामा गत २२ चैतदेखि शुरु भएको थुनछेक वहसपछि आज सो आदेश आएको हो ।

यादवमाथि जिल्ला अदालतमा रहेका तीनवटा छुट्टाछुट्टै मुद्दामध्ये हातहतियार तथा खरखजना मुद्दाको वहस भने जारी रहेको छ ।

उक्त घटनामा सबैलाका रामप्रकाश यादवको गोली प्रहारबाट मृत्यु भएको र रामसेवक गोडरी कुटपिटबाट घाइते भएका थिए ।

यादवलाई प्रहरीले १७ चैतमा काठमाडौंको धुम्बराहीस्थित पार्टी मुख्यालय नजिकबाट पक्राउ गरी धनुषा ल्याएको भोलिपल्ट अदालतमा पेश गरेको थियो ।

-ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>