Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कपिलवस्तुमा आगलागी, १२५ घर ध्वस्त - Himalkhabar.com

थप समाचारशुक्रबार, चैत्र २६, २०७२

कपिलवस्तुमा आगलागी, १२५ घर ध्वस्त

हिमालखबर

तस्वीर: गोपाल भण्डारी

तस्वीर: गोपाल भण्डारी

कपिलवस्तुको कुशहवा गाविसको ४ र ५ नम्बर वडामा लागेको आगोबाट १२५ घर खरानी भएका छन् ।

स्थानीय कौशल मुराउको घरबाट दिउँसो २ बजे सल्केको आगो साँझ ६ बजेमात्रै नियन्त्रणमा आउन सकेको थियो ।

aaglagi1खर–फुसका घर भएको विपन्न वस्तीमा लागेको आगो चाँडै फैलिंदा घरमा रहेका नगद जिन्सी केही पनि बचाउन नसकिएको स्थानीयले बताएका छन् ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक नमराज भट्टराईका अनुसार आगलागीबाट करिब एक करोडको क्षति भएको अनुमान गरिएको छ ।

piditघर जलेका पीडितहरु अहिले खुला आकाशमुनी बस्न वाध्य छन् ।

कपिलवस्तुकी प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेका अनुसार आजैदेखि राहत संकलन शुरु गरिएको छ । संकलित राहत सामाग्री भोलि विहान पीडितहरुलाई वितरण गरिने उनले जानकारी दिइन् ।
गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>