समाचारशनिबार, चैत्र २७, २०७२
एमाले केन्द्रीय कमिटी बैठक शुरु
नेकपा एमालेको पोलिटब्युरोको बैठक नसकिए पनि पूर्व निर्धारित केन्द्रीय कमिटीको बैठक शुरु भएकाे छ ।
एक वर्षको अन्तरालपछि केन्द्रीय कमिटीको बैठक बसेकाे हो । प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठकको उद्घाटन भई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवेदन वितरण गरेपछि पुनःपोलिटब्युरोको बैठकले निरन्तरता पाउने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपल श्रेष्ठले बताए ।
पोलिटब्युरोको बैठक २३ चैत गतेदेखि जारी छ । बैठकमा केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयन, पार्टीको भवन निर्माण, विधान संशोधन, केन्द्रीय निकायका प्रतिवेदनलगायत कार्यसूची छन् । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
