समाचारशनिबार, चैत्र २७, २०७२

माग पूरा गराउन नाकाबन्दी गर्नुपर्दैनः उपप्रम थापा

हिमालखबर

उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले व्यवस्था परिवर्तनका लागि अब फेरि पहिलाको जस्तै आन्दोलन नै गर्नु नपर्ने बताएका छन् ।

दाङ पुगेका थापाले पत्रकारहरुसँग भने, “संविधानबाटै आफ्ना मान्यता स्थापित गराउन सकिन्छ, अब आफ्ना माग पूरा गराउनका लागि बन्दुक बोकेर जङ्गल पनि जानु पर्दैन, सीमामा बसेर नाकाबन्दी पनि गर्नुपर्दैन ।”

संविधानमा कुनै पनि कुरा अपरिवर्तनीय नभएको बताउँदै उपप्रधानमन्त्री थापाले अब राप्रपा नेपालले पनि संविधानको माध्यमबाट आफ्ना मान्यता स्थापित गराउने दाबी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>