Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अभिलेख गोरखापत्र: उहिलेका औषधि - Himalkhabar.com

ब्लगशनिबार, चैत्र २७, २०७२

अभिलेख गोरखापत्र: उहिलेका औषधि

दीपक अर्याल

नेपालमा राजा रणजीत मल्लकै पालामा एलाेपेथिक उपचार पद्दति भित्रिए पनि अायुर्वेद लाेकप्रिय रहेकाे राेचक इतिहास पाइन्छ ।

sWYn1Hbमानव समुदाय कैयौं रोगसँग लड्यो, कतिपय रोगलाई आफ्नै क्षेत्र र संस्कृति विशेषमा आधारित उपचार विधिले निको पार्‍यो भने कैयौं रोगले सदैव चुनौती दिइरह्यो। आधुनिक औषधि विज्ञानको विकासपछि पनि कतिपय असाध्य रोगको त्रास कायम छ।

संसारका विभिन्न स्थान वा संस्कृतिविशेषले औषधि उपचारका आ–आफ्नै पद्धतिको विकास तथा विस्तार गरे। तीमध्ये कतिपय पद्धति निकै लोकप्रिय भयो। परम्परागत औषधि उपचार विधिमध्ये आयुर्वेदिक, युनानी, इरानी, इस्लामिक, चिनियाँ, कोरियाली जस्ता देश, ठाउँ र संस्कृति विशेषमा आधारित चिकित्सा प्रणाली संसारभर लोकप्रिय रहे।

नेपालमा आयुर्वेदिक र युनानी दुई पद्धतिको अभ्यास भए पनि बढी प्रभाव आयुर्वेदिकको रह्यो। आयुर्वेद दक्षिण एशियाका घर–घरमा प्रयोग हुने उपचार विधिका रूपमा प्रचलित मात्र भएन, व्यावसायिक पनि बनेको प्रमाणहरू भेटिन्छन्।

विक्रमको १९५०–६० को दशकमा नेपालमा आयुर्वेदिक औषधिहरूलाई व्यावसायिक रूप दिने प्रयास भएको देखिन्छ– त्यसवेलाका पत्रपत्रिकाका विज्ञापन र पर्चा–पम्पलेट हेर्दा।

आधुनिक चिकित्सा पद्धतिका अध्येताहरू राजा रणजित मल्लले विसं १७९० को दशकमा पादरीहरूमार्फत पश्चिमा संसारमा लोकप्रिय बन्दै गरेको औषधि तथा आधुनिक चिकित्सा विधि भित्र्याएको मान्दछन्।

तर, नेपाली समाजले वैद्य, लामा, धामी–झाँक्री (आयुर्वेद, युनानी वा परम्परागत चिकित्सा विधि) मा विश्वास गरिरह्यो। १९५८ साल पछिसम्म पनि काठमाडौं उपत्यकामा आयुर्वेदिक औषधि लोकप्रिय रहेको त्यसवेला गोरखापत्रमा छापिएका विज्ञापन, समाचार र आलेखहरूले देखाउँछ। ‘दिनचर्या’ शीर्षकमा प्रकाशित गोरखापत्रको समाचारले आयुर्वेदको गुणगान यसरी गाउँछ–

‘जुन जुन उपाय गर्नाले मनुष्य सधै स्वस्थ्य चित्तमै आफ्नु मतलब सिद्ध गर्छ सो उपाय वैद्य गावस्, वैद्यले वतायाको दीनचर्या रात्रिचर्या ऋतुचर्या गर्नाले पुरुष निरोगी दीर्घायुभै आर्को हिसाबले कदापि निरोगि हुन शक्दैन’ (१९५८ आषाढसुदी १, भाग १ संख्या ७०)। गोरखापत्र आयुर्वेदको महत्वबारे बोल्दैन मात्र, बरू उपचार विधि पनि लेख्छ–

तत्काल फाइदा दिने औषधी दाह रोगमा बयेर अमला पिनि मालिस गर्नु गदहाको ताजा लिदि (विष्टा) को अरक नाकमा हालनाले नक्सिर पिनास बन्दहुन्छ (१९५८ श्रावण वदी १३)।

गोरखापत्रले १९५८ कार्तिक शुदी ७ मा पनि गोचिकित्सा विधिबारेको समाचार छापेको छ भने आयुर्वेद बाहेकका उपचार पद्धतिलाई पनि ठाउँ दिएको छ। ‘हैजाको नञा औषधि’ शीर्षक समाचारमा गोरखापत्रले भनेको छ–

‘आसनसोल माइनका बोर्ड अफ हेल्थका चीफ सानीटरी अफिसर डाक्टर जे डब्ल्यु टुञ्चले प्रस्तुत गरेका कलेरा मिक्शर तेलले फाइदा गरेको छ।’

गोरखापत्रमा यस्ता समाचारका अतिरिक्त आयुर्वेदका औषधालय र औषधिहरूबारे नियमित विज्ञापन देखा पर्छन्। धन्वन्तर्यालयको एउटा विज्ञापन यस्तो छ–

शास्त्रोक्त रीति विधिविधानले बनेका च्यवनप्राश, असल घृततैल मञ्जनादिहरू पायिने पुरानो औषधालय। राजवैद्य रामदास, धन्वन्तर्यालय, नं ६२ त्रिपुरेश्वर (१९८२ जेठ १२ गते)।

गोरखापत्रमा आयुर्वेदिक औषधालयको विज्ञापनसँगै ग्रहदशा र चिना हेराउने विज्ञापन पनि जोडिएर आएको भेटिन्छ। कतिपय पसलले आयुर्वेदिक औषधि, ग्रहदशा वा चिना हेराउने कामका अतिरिक्त गाई–गोरु वा भैंसीका औषधि उपचारका विज्ञापन पनि सँगै गर्थे।

त्यस्ता विज्ञापनहरू पर्चा–पम्पलेटका माध्यमबाट शहरभरि पुग्थे। जस्तो, मिति उल्लेख नभएको (१०८०?) ‘नारायण ज्योति वैद्य कार्यालय’ को नाममा वितरित एउटा पम्पलेटले ‘गाई, गोरु, भैंसीहरू’ को औषधि पाइने विज्ञापन गरेको छ। आयुर्वेदका प्रवर्तक धन्वन्तरीको सम्झ्ना गर्दै पम्पलेट भन्छ–

‘आजकाल गाई भैंसी गोरुहरूको जिभ्रादेखि मन्तिर किल्किलेको माझ्मा जिभ्रोको मूल पकडी भ्याक्ते रोग निस्केको हुनाले साह्रै पीडाभै बराबर हानि भएको देखिन्छ। सो रोगको लक्षण मुख चलाउनै नसक्ने, मुख शेतोभै गह्नाउने झोक्रि रहने ज्वरो अन्तरगत हुने, कान चीसो हुने, खुट्टा लङ्गडो जस्तो हुने, दिशा पिसाप खलास नहुने, थरथर काप्ने, विचेष्टा भैरहने यस रोगको औषधि कोशिस साथ तयार गरी धेरैलाई खुलाई अनुभव सिद्ध भएको छ।’

विज्ञापनले रोगको लक्षण मात्र बताउँदैन, उपचार विधि पनि सँगै दिन्छ। यसले केको विज्ञापन गरेर कुन कुराको प्रचार गर्न वा बेच्न खोजेको हो, त्यो भने प्रष्ट हुँदैन।

गाईको रक्षा गरे धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुने जानकारी दिंदै शुरू गरिएको विज्ञापनले भ्यागुते रोग उपचारका लागि वैद्यले बनाएको औषधि किन्नुपर्ने बाध्यता नरहेको देखाउँदै अन्य उपचार वा सेवाका लागि कार्यालयमा आउन अनुरोध गरिएको छ।

कार्यालयमा सूर्यपाक शुद्ध शिलाजित, सर्व रोगहारी कस्तूरी मात्रा, विचित्र दन्तमञ्जन, उत्तम भीमसेनी कपूर, ताम्रभरम, वैक्रान्तभष्म, घिउ, तेलहरू पाउने उल्लेख छ। घरमै बोलाएर पनि उपचार सुविधा पाउने व्यवस्था मिलाइएको यस विज्ञापनमा ‘गरीबहरूलाई बेदाममा औषधि दिइन्छ’ भनेर सामाजिक उत्तरदायित्व पनि लिन खोजिएको छ।

त्यसो त, यस कार्यालयले रु.१ देखि रु.५० सम्मका चिना र वर्ष पत्रिका समेत तयार पार्ने गरेको बुझिन्छ, विज्ञापनबाट। पञ्चाङ्ग र पात्रोको बिक्रीवितरण पनि यसै कार्यालयबाट हुने गरेको देखिन्छ। एउटै कार्यालयको विविध विज्ञापनले नेपालभित्र औषधि उपचारका विधि, व्यापार प्रवर्द्धनका निम्ति गरिएका काम तथा आयुर्वेद उपचारका सामान्य जानकारीहरू मात्र नदिई तत्कालीन समाज बुझन पनि सघाउँछ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>