रमझमशनिबार, चैत्र २७, २०७२

जीबसीम र हितान पुरस्कार वितरण

हिमालखबर

जीबसीम पुरस्कार वितरण गर्दै सभामुख ओनसरी घर्ती मगर । तस्वीर सौजन्यः पुरन थापा

जीबसीम पुरस्कार वितरण गर्दै सभामुख ओनसरी घर्ती मगर । तस्वीर सौजन्यः पुरन थापा

जितबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले जीबसीम पुरस्कार वितरण गरेको छ । यस वर्षको जीबसीम पुरस्कार २७ चैतमा काठमाडौंमा आयोजित कार्यक्रममा रुद्रबहादुर हितान मगरलाई प्रदान गरिएको हो ।

रु. ५० हजार नगद र सम्मानपत्र सहितको जीबसीम साहित्य पुरस्कार पोखरा–७, एयरपोर्ट निवासी हितान मगरलाई व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्ती मगरले वितरण गरेकी हुन ।

यस्तै जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०७१, मिरुल–५, दाइपो, रोल्पा निवासी समिप बैरागी (टंकबहादुर झाँक्री मगर) मगरलाई दिइएको छ । नवप्रतिभा साहित्य पुरस्कारको राशी रु. १० हजार छ ।

सभामुख सम्मानित

यसैबीच प्रतिष्ठानले पहिलो महिला सभामुख ओनसरी घर्ति मगरलाई सम्मान गरेको छ । प्रतिष्ठानका अध्यक्ष संजोग लाफा मगरले फेटा गुथाएर सभामुख मगरलाई सम्मान गरेका थिए ।

जयबहादुर हितान पुरस्कार प्रदान
यसवर्षको जयबहादुर हितान मगर स्मृति पुरस्कार पूर्व मन्त्री तथा नेपाल मगर संघका पूर्व अध्यक्ष गोरेबहादुर खपाङ्गी मगरलाई प्रदान गरिएको छ । केही वर्ष पहिले मोटरसाईकल दुर्घटनामा परेर उपचाररत खपाङ्गीको पुरस्कार उनका प्रतिनिधिमार्फत वितरण गरिएको हो । यो पुरस्कार मगर संघका संस्थापक सचिव जयबहादुर हितान मगरको स्मृतिमा उनका छोरा विजय हितानले स्थापना गरेका हुन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...