समाचारआइतबार, चैत्र २८, २०७२

बिस्केट जात्रामा एकको मृत्यु

हिमालखबर

भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्केट जात्रामा रथले च्यापिएर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

फाइल तस्वीर

फाइल तस्वीर

भक्तपुर नगरपालिकाका ४५ वर्षीय लक्ष्मीप्रसाद त्यातको वीर अस्पताल ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक किरण वज्राचार्यले जानकारी दिए ।

जात्राका क्रममा हिजो मध्यरातिसम्म तौमढी (पाँचतले मन्दिरबाट तल्लो) र माथिल्लो भेगका बासिन्दाबीच ढुङ्गा हानाहान भएको थियो ।

अपराह्न ५ बजेर १५ मिनेटमा तौमढीबाट तल र माथिका बासिन्दाले भैरवको रथ तान्न शुरु गरेका थिए ।
रथ माथिल्लो भेगका बासिन्दाले गोल्मढीसम्म पुर्‍याएका थिए ।

विगतमा दत्तात्रयसम्म पुर्‍याइने रथ यस वर्ष भूकम्पले टेको लगाइएका घरहरु भत्किन सक्ने भन्दै प्रहरीले क्वाछेबाट माथि लैजान नदिन बार लगाए पनि स्थानीयवासीले बार हटाएर गोल्मढीसम्म पुर्‍याए ।

गोल्मढीबाट रथलाई तानेर पुनःतौमढी ल्याइएपछि नासमनातर्फ लैजाने कि गःहिटीमै राख्ने भन्ने विवाद भएपछि राति ९ बजेदेखि ढुङ्गा हानाहान भएको थियो ।

करिब एक घन्टाको झडपपछि तल्लो भेगका बासिन्दाले रथलाई नासमनातर्फ लगेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन लठ्ठी समेत प्रहार गरेको थियो । त्यसपछि भने प्रहरीमाथि समेत ढुङ्गा हान्न थालियो ।

ढुङ्गा हानाहानबाट आठ प्रहरी र स्थानीयवासी घाइते भएकामा केहीलाई उपचारपछि घर पठाइएको र केहीको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले जात्रामा हुलदङ्गा गर्न खोज्ने चार जनालाई नियन्त्रणमा लिएको छ । बिस्केट जात्रा आगामी वैशाख ५ गते सम्पन्न हुनेछ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>