समाचारआइतबार, चैत्र २८, २०७२

चन्द माओवादीद्वारा कार्यालय प्रमुखलाई कालोमोसो

हिमालखबर

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका कार्यकर्ताले जाजरकोट जिल्ला प्राविधिक कार्यालयका प्रमुख ईन्जिनियर जयराम श्रेष्ठलाई कालोमोसो दलेर जुत्ताको माला लगाईदिएका छन् ।

५ जनाको समूहमा सेवाग्राहीको भेषमा आएका माओवादी कार्याकर्ताले श्रेष्ठलाई मोविलको कालो दलिदिनुका साथै जुत्ताको माला लगाइदिएर दुव्र्यवहार गरेको प्रत्यक्षदर्शीले बताए ।

जिल्लाका विकास निर्माण लगायतका विभिन्न काममा भ्रष्टाचार गरेको भन्दै ‘जनकारवाही’ गरिएको नेकपा माओवादी जाजरकोटले जनाएको छ ।

उक्त पार्टीका भेरीकर्णाली ईन्चार्ज गगन बहादुर खड्काले देशभरका भ्रष्टाचारीलाई जनकारवाही गर्ने पार्टीको नीति अनुसार कारवाही भइरहेको बताए । उनले ईन्जिनियर श्रेष्ठले जिल्लाका विभिन्न योजनाहरुमा भ्रष्टाचार गरेको आरोप लगाए ।

प्रहरीले दुई जना माओवादी कार्याकर्तालाई प्रेमबहादुर शाही र हरि थापालाई पक्राउ परेको छ ।
राजेन्द्र कार्की, जाजरकोट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...