Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भारत, पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का - Himalkhabar.com

थप समाचारआइतबार, चैत्र २८, २०७२

भारत, पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का

हिमालखबर

उत्तरी भारत, पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का महशुस भएको छ ।

भारतको दिल्ली, हिमाचाल, राजस्थान लगायतका स्थानमा भूकम्पको धक्का महशुस भएको बीबीसीले जनाएको छ । भूकम्प गएपछि दिल्लीको मेट्रो ट्रेन बन्द गरिएको, मानिसहरु घर बाहिर भागाभाग गरेको भारतीय अनलाइन पत्रिकाहरुले उल्लेख गरेका छन् ।
त्यसैगरी पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जावमा पनि भूकम्पको धक्का महशुस भएको पाकिस्तानी पत्रिका डनले जनाएको छ । डनका अनुसार इस्लामावाद, रावलपिन्डी, कश्मिरमा समेत भूकम्पको झड्का महशुस भएको छ ।

शुरुमा साँझ ४ः१५ बजे भूकम्पको पहिलो झड्का महशुस भएको र त्यसपछि थप केही झड्का आएको स्थानीय पत्रिकाहरुले जनाएका छन् ।

७.१ म्याग्निच्यूडको भूकम्पको केन्द्र अफगानिस्तानका हिन्दूकुश क्षेत्र भएको र यसको गहिराई २३६ किलोमिटर रहेको पाकिस्तानी भूगर्भ विभागले जनाएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार भारतको सिस्मोलोजी सेन्टरले भूकम्पको तिव्रता ६.८ म्याग्निच्यूड मापन गरेको छ ।

भूकम्पबाट क्षति भए/नभएको खबर अहिलेसम्म प्राप्त भइसकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>