थप समाचारआइतबार, चैत्र २८, २०७२
गाँजा मासेर तरकारी खेती
गाँजा उत्पादन हुने मकवानपुर र चितवन जिल्लाका अधिकांश क्षेत्रहरुमा तरकारी खेती गर्न थालिएको छ ।
केही वर्ष अघिसम्म गाँजा खेती गर्ने किसानहरु तरकारी खेतीतिर लागेका हुन् । प्रहरीले गाँजा नियन्त्रण लिदाँ नोक्सानी बेहोर्नु परेपछि तरकारी खेतीतिर लागेको किसानहरु बताउँछन् ।
मकवानपुरका सुन्दरनागी, बाँसखर्क, झिरबासलगायतका ठाउँमा आलु, काउली, लसुन, प्याजजस्ता तरकारी खेती लगाइएको स्थानीय तिनतारे लालिगुँरास आत्मनिर्भर महिला समुहकी अध्यक्ष कमला तामाङले बताइन् ।
उनका अनुसार गाँजाको ठाउँमा तरकारी खेती गर्दा समेत किसानहरुले बर्षेनि रु.२ लाखसम्म आम्दानी हुने गरेको छ ।
-सानुबाबु तिमिल्सिना
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>