थप समाचारआइतबार, चैत्र २८, २०७२

२ वर्षपछि सगरमाथा आरोहण शुरू

हिमालखबर

हिमपहिरो र भूकम्पले अवरुद्ध सगरमाथा आरोहण दुई वर्षपछि चैत अन्तिम साताबाट खुलेको छ ।

Photo Sagarmatha Kshetra.आरोहण खुलेलगत्तै २४ दलका २२३ जना विदेशी आरोही खुम्बु क्षेत्र प्रवेश गरेका छन् । सगरमाथा, लोत्से, नुप्चे हिमाल आरोहणका लागि आरोहीहरु काठमाडौंबाट आधारशिविरतर्फ प्रस्थान गरेका छन् ।

अन्य सात दलका ५२ जना विदेशी आरोहीले पर्यटन बोर्डमा आवेदन दिएका छन् । उनीहरु नेपाल आउने तयारीमा छन् । विदेशबाट आरोहीहरुको आवेदन आइरहेको हुँदा यो सिजनमा सगरमाथा आरोहण गर्नेहरु तीन सय बढी पुग्ने अनुमान गरिएको छ ।

लगातारको हिमपहिरोले आरोहण अनिश्चित बनेपछि यस वर्ष आरोहीको संख्या केही घटेको जनाइएको छ । सन् २०१५ मा सगरमाथा आरोहणका लागि ३५६ जना आरोही आधारशिविर पुगेका थिए ।

तर, भूकम्पपछिको हिमपहिरोमा सहकर्मी गुमाएपछि आरोहण स्थगित गरी आरोहीहरु आ–आफ्नो देश फर्किएका थिए । यो वर्ष अप्रिल १६ र १७ देखि आरोहीहरु सगरमाथा आधार शिविरबाट पहिलो शिविरतर्फ जाने क्रम शुरु हुनेछ ।

–बुद्धवीर बाहिङ, सोलुखुम्बु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>