समाचारआइतबार, चैत्र २८, २०७२

हरेक समितिमा एक तिहाई महिला नराख्ने दल खारेज

हिमालखबर

election_commissionराजनीतिक दलहरुले हरेक समितिमा एक तिहाई महिला सहभागी नगराए दल दर्ता खारेज हुने व्यवस्था निर्वाचन आयोगले तयार पारेको छ ।

आयोगले निर्वाचन आचार संहिता ऐन संशोधन विधयेकमा यस्तो प्रस्ताव राखेको सांसद एवम् राज्य व्यवस्था समिति सदस्य यज्ञराज सुनुवारले बताए ।

कार्यबाहक प्रमुख आयुक्त अयोधीप्रसाद यादवले राज्य व्यवस्था समितिको बैठकमा ५१ प्रतिशत महिलाको जनसंख्या भएको देशमा हरेक दलले सवै समितिमा एक तिहाई महिला अनिवार्य सहभागी गराउनुपर्ने प्रस्ताव पेश गरेका हुन् । उक्त प्रस्ताव निष्कर्षमा पुग्नअघि थप छलफल गरिने समितिका सभापति दिलबहादुर घर्तीले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>