समाचारआइतबार, चैत्र २८, २०७२

सुशीला कार्की प्रधानन्यायाधीश सिफारिस

हिमालखबर

sushila-karkiसंवैधानिक परिषदले सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा न्यायाधीश सुशीला कार्कीलाई सिफारिस गरेको छ ।

२८ चैत साँझ बसेको परिषद बैठकले उनलाई सिफारिस गरेको हो । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको कार्यालय आगामी ३० चैतमा सकिँदै छ । अब संसदीय सुनुवाई गरेपछि राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशको नियुक्ति हुने छ ।

कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुनेछिन् । न्यायपरिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम तीन जना न्यायाधीशलाई प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्समक्ष पठाउने र संवैधानिक परिषद्ले तीनमध्ये एकलाई सुनुवाई सिफारिस गर्ने प्रचलन थियो ।

तर,प्रधानन्यायाधीशका लागि संविधानद्वारा निर्धारित ‘सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीश भई काम गरेको’ योग्यता कार्कीको बाहेक अन्य न्यायाधीशको नपुग्ने भएकाले न्यायपरिषद्ले कार्कीको मात्र नाम संवैधानिक परिषद्मा पठाएको थियो । कार्की गएको २१ पुसदेखि सर्वोच्चको वरिष्ठतम न्यायाधीशका हैसियमा न्यायपरिषद् सदस्य रहेकी थिइन् ।

९ माघ २०६५ मा सर्वोच्चको अस्थायी न्यायाधीशमा नियुक्त कार्की १२ मंसीर २०६७ मा स्थायीमा नियुक्त भएकी थिइन् । न्यायाधीश समाज नेपालकी सदस्य कार्की महिला न्यायाधीशहरूको अन्तर्राष्ट्रिय संगठनकी पनि सदस्य छिन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>