समाचारआइतबार, चैत्र २८, २०७२

पूर्व राष्ट्रपति यादवले भने, ‘सेनाको संगठन ध्वस्त हुनबाट बचाए’

हिमालखबर

President_Rambaran_Yadav_पूर्व राष्ट्रपति रामवरण यादवले नेपाली सेना सँधै लोकतन्त्रको पक्षमा उभिएको बताएका छन् ।

पूर्वप्रधानसेनापति छत्रमान गुरुङको आत्मकथामा आधारित कृति ‘जनताको छोरो’ को विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले सेनाको छविलाई धुमिल गर्ने प्रयासलाई आफूले रोकेको बताए ।

उनले भने, “सेनाको संगठनलाई बचाए पनि न्यायालय र अरु सुरक्षा क्षेत्र भने राजनीतिक हस्तक्षेपबाट क्षतविक्षत् भएको छ ।”

राष्ट्र र राष्ट्रियतालाई केन्दबिन्दुमा राखेर आफूले काम गरेको बताउँदै पूर्वराष्ट्रपति यादवले राजनीतिभन्दा माथि उठेर राष्ट्रलाई ध्यान दिएर प्रमुख तीन दल र मधेशी मोर्चाको सहमतिमा समस्याको निकास खोज्ने भूमिका निर्वाह गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिए।

उनले राजनीतिक स्थायित्व कायम गर्न सरकार संयमित तथा आन्दोलनरत मधेशी मोर्चा लोकतान्त्रिक पद्धतिबाट प्रस्तुत हुन आवश्यक रहेको बताए ।

उनले भने, “लोकतन्त्रको बाटो र विधिबाट हिँडेर संसदबाटै समस्याको समाधान खोज्न आन्दोलनरत दलहरुलाई म आह्वान गर्दछु ।” रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>