रमझमसोमबार, चैत्र २९, २०७२

सजिदाको साहस

हिमालखबर

Sajida Siddiqi

१९ वर्षको उमेरमा बुर्का खोलेर हिंड्न थालेकी घोराही–११ दाङकी सजिदा सिद्दिकी (३२) ले धर्म र परम्परा तोडेको आरोपमा अनेकौं आरोप खेप्नुपर्यो । तर, उनले हिम्मत हारिनन् । कारण, उनी मुसलमान महिलामा परिवर्तन देख्न चाहन्थिन् ।

“त्यतिवेला खुला रुपमा सामाजिक क्षेत्रमा काम गर्ने मुसलमान महिला कोही थिएनन्”, सजिदा भन्छिन्, “हामीले पनि खुला रुपमा पढ्न र काम गर्न पाउनुपर्छ भनेर उतिवेलै आवाज उठाएकी हुँ ।”

सजिदा २०६० सालमा जिल्लामा सीप रोजगार तथा चेतनाका लागि सामाजिक संस्था (सिसा) स्थापना गरी मुसलमान महिला र बालबालिकाको अधिकारका लागि सक्रिय छिन् । उनको संस्था अहिले १५ जिल्लामा फैलिएको छ ।

पछिल्ला वर्षहरुमा मुस्लिम महिला र बालिकाको अवस्थामा थोरै सुधार आए पनि थुप्रै विकृति बाँकी रहेको सजिदाको अनुभव छ । “यसका लागि परिवारमै चेतना चाहिन्छ, महिलाले पनि बाहिर केही गर्न सक्छु भन्ने आँट गर्नुपर्छ”, उनी भन्छिन् ।

देविका घर्ती मगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>