थप समाचारसोमबार, चैत्र २९, २०७२

अर्घाखाँचीमा आगलागीबाट ३० घरगोठ खरानी

हिमालखबर

अर्घाखाँचीको सिमलपानी र जलुके गाविसमा आगलागी हुँदा ३० घरगोठ जलेर नष्ट भएका छन् ।

ago 2१८ चैत साँझ भएको आगलागीबाट जलुके– ९ तरुलेमा ११ घर सिमलपानी–८ जौवारीमा ७ घर गरि १८ घर १२ गोठ जलेर नष्ट भएको जिल्ला प्रहरीकार्यालय अर्घाखाँचीले जनाएको छ ।

सिमलपानी र जलुकेमा भएको आगलागी बाट नगद र पशुुचौपाया गरी २ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यलयका अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनराज भण्डारीले बताए ।

आगोले सिमलपानीका शशिधर भाटक्षेत्री, टेकबहादुर भाटक्षेत्री, श्यामबहादुर भाटक्षेत्री, खुमानन्द भुसाल, रुद्रप्रसाद अधिकारी लगायत जलुकेका ११ घर गरि ३० घरगोठ जलेर नष्ट भएको स्थानिय तारापति बीसीले जानकारी दिए ।

त्रिवगतिमा चलेको हावाहुरीसँगै वनमा लागेको ढडेलोले गाउँमा आगो सल्केको प्रहरीको भनाई छ ।

आगो निभाउनको लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दा परिचालित थिए ।

आगो राति नै नियन्त्ररणमा आएको सिमलपानीका स्थानीय तारा बिसीले बताए ।
प्रेम आचार्य

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>