थप समाचारसोमबार, चैत्र २९, २०७२

सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीबीच पाँच बुँदे सहमति

हिमालखबर

photo
महानगरीय प्रहरी अपराध महाशाखा र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबीच सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने विषयमा समझदारी भएको छ । त्यस्ता कसूरहरुको प्रभावकारी विश्लेषण तथा अनुसन्धानका लागि विभाग र महाशाखाबीच २९ चैतमा समझदारी भएको हो ।

विभागका महानिर्देशक दामोदर रेग्मी र महाशाखा प्रमुख सर्वेन्द्र खनालद्वारा हस्ताक्षरित समझदारी पत्रका बुँदा यस्ता छन्ः

१-सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि आपसमा प्रभावकारी समन्वय र सहकार्य गर्दै प्रचलित कानूनको परिधी भित्र रही सूचनाहरु आदान प्रदान गर्ने ।

२-सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीका जोखिमका क्षेत्रहरु पहिल्याई सोको निवारणका लागि आफ्ना कर्मचारीहरुलाई सक्षम गराउदै आवश्यक्तानुसार परिचालन गर्ने ।

३-आ-आफ्नो क्षेत्राधिकारका विषयहरु सुक्ष्म रुपमा अनुसन्धान तथा अन्वेषण गर्न एक अर्कालाई सहयोग पुर्‍याउने ।

४-सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट स्रोत तथा साधनको व्यवस्था गरी परिचालन गर्ने ।

५-उपरोक्त उद्देश्य पुरा गर्नका लागि आपसी समझदारीमा अन्य कार्यहरु गर्ने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>