Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कलामय काठमाडौं - Himalkhabar.com

रमझममंगलबार, मंसिर १९, २०६९

कलामय काठमाडौं

Rishiram Kattel

रवीन्द्रनाथ टैगोरको नाटक जीवन या मृत्यु मा एकल अभिनय गर्दै भारतीय अभिनेत्री सीमा विश्वास। तस्बीर:अनुशील

स्वदेशी तथा विदेशी कलाकारको जमघट छ काठमाडौमा, अहीले । एकै साता शुरु भएका यी महोत्सवले राजधानी कलामय बनेको छ । ८ देशका १४ नाटक मन्चन भइरहेको यो नाटक महोत्सवमा अनामनगरस्थित मण्डला थियटरमा जारी छ । ८–२२ मंसिर सम्म चल्ने महोत्सवमा नेपाल सहित भारत, रुस, फ्रान्स, नर्वे, अमेरिका, थाइल्याण्ड, इरान आदीको सहभागीता छ । महोत्सवमा नेपालको सुनकेशरी, नेपाली आमा, काफका ः एक अध्याय, अमरसिंहको खोजीमा अमरसिंह आदी नाटक मञ्चन हुदैछन् ।

आरोहण गुरुकुलले चौथो पटक आयोजना गरेको महोत्सवका क्रममा भारत र फ्रान्सका टोलीले विराटनगरको आरोहण गुरुकुलमा पनि नाटकहरु मन्चन गर्ने छन्। एसिया, अमेरिका र युरोपका नाट्यकर्मीको सहभागीताबाट प्रफुल्ल महोत्सवका संयोजक नाट्यकर्मी सुनील पोखरेल भन्छन्, “समकालीन विश्व नाट्यकर्ममा नेपालको स्थान यस्तै अवसरको बारम्वारतामा देखिने हो ।”

नाट्यकर्मी अनुप बरालले फरक महादेशका नाट्यकर्मीहरूको यति ठुलो गतिविधि नेपाली नाट्य क्षेत्रकै लागि सुखद् अवसर भएको बताए । सर्वनामका नाट्यकर्मी अशेष मल्ल यस्ता महोत्सवले विश्व रंगकर्मको प्रवृत्ति खुट्याउने अवसर दिनुको साथै अन्तरदेशिय सास्कृतिक सम्बन्धलाई प्रगाढ बनाउने बताउँदै दर्शकको उपस्थितीप्रति थप उत्साह जनाए ।

१० मंसिरबाट पुस ६ गतेसम्म चल्ने दोस्रो काठमाडौ अन्तराष्ट्रिय कला महोत्सवमा ३० नेपाली सहित ३१ मुलुकका ९५ पेन्टर सहभागि छन् ।

काठमाडौमा अहीले नाटक मात्र हैन, अन्तराष्ट्रिय कला ललित कला महोत्सव पनि भईरहेका छ । १० मंसिरबाट पुस ६ गतेसम्म चल्ने दोस्रो काठमाडौ अन्तराष्ट्रिय कला महोत्सवमा ३० नेपाली सहित ३१ मुलुकका ९५ पेन्टर सहभागि छन् । अर्थ, बडी, माइन्ड शीर्Èकको यो कला महोत्सव सिद्धार्थ आर्ट फाउन्डेसनले आयोजना गरेको हो । प्रकृति, वातावरण र मानव सम्बन्धलाई कलाबाट बुझाउनु महोत्सवको उदेश्य रहेको आयोजक संस्थाकी प्रमुख एवं महोत्सव संयोजक संगीता थापा बताउछिन् । थापा भन्छिन्, “कलाबाट अन्तर्राष्टिय सम्बन्ध विस्तार गर्नु महोत्सवको उद्देश्य हो ।”

महोत्सव अन्तर्गत राजधानीका विभिन्न १५ ठाउँमा प्रतिस्थापनकला, चित्रकला, प्रस्तुति कला, मूतिर्कला, डिजिटल आर्ट, प्रिन्ट आर्ट, मिडिया आर्ट, फोटोग्राफी लगायत कला प्रदर्शनी भइरहेको छ । सिद्धार्थ आर्ट ग्यालरी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, ब्रिटिस काउन्सिल, नेपाल आर्ट काउन्सिल, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल पर्यटन बोर्ड, बौद्धनाथ, पाटन संग्रहालय, नागबहाल, सदर चिडियाखाना, काठमाडांै कन्टेम्परेरी आर्ट सेन्टर, समिट होटल, लगायत थलोमा कला रुप र शैली हेरिरहेका छन् कलाका पारखीहरु ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>