समाचारसोमबार, चैत्र २९, २०७२

नेपाल एयरलायन्सको विमान दुर्घटनाबाट जोगियो

हिमालखबर

नेपाल एयरलाइन्सको नाइन एन–एवियु कल साइनके विमान जुम्ला विमानस्थलबाट उडान भर्दै गर्दा दुर्घटना हुनबाट जोगिएको छ ।

NACअपराह्न १:३० बजेतिर जुम्लाबाट नेपालगन्जका लागि उडान भर्ने क्रममा धावनमार्गको अन्तिम बिन्दुमा पुग्दा जहाज बाङ्गिएपछि चालकदलले आकस्मिकरुपमा इन्जिन बन्द गरेको नागरिक उड्डयन कार्यालय जुम्लाका प्रमुख पवन श्रेष्ठले जानकारी दिए ।

जहाजका क्याप्टेनका अनुसार विमानको पछिल्तिरको नोजल गियरको तार चुडिएकाले विमानमा समस्या आएको थियो ।
“बेलैमा क्याप्टेनले देखाएको बुद्धिमानीबाट हामी सकुशल रह्यौं”– बिमानमा रहेका यात्रु उदिराम डाँगीले भने ।
विमानमा सवार सबै यात्रु सकुशल छन् ।

भोलि विमान मर्मत गरेपछि नियमित उडान हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...