समाचारमंगलबार, चैत्र ३०, २०७२

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

हिमालखबर

६ फागुनमा भारतभ्रमण बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली: तस्वीर गोपेन राई

फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज, ३० चैतमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्रीले आज साँझ ५ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।

ओली नेतृत्वको सरकार भूकम्पछिको पुन:निर्माणमा असफल रहेको, पीडितलाई राहत दिन नसकेको, कालोबजारी र महंगी नियन्त्रण गर्न नसकेको, मधेशका समस्या समाधान गर्न नसकेको जस्ता आलोचना भइरहेका बेला नयाँ वर्षको पूर्वसन्ध्यामा प्रधानमन्त्रीको सम्बोधन आउन लागेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...