समाचारमंगलबार, चैत्र ३०, २०७२

खोटाङमा बस दुर्घटना,२४ को मृत्यु (१७ जनाको सनाखत)

रासस

खोटाङको महादेवस्थान गाविसको बर्खेटारमा बस दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ।

सदरमुकाम दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ख ६३७६ नम्बरको बस ३० चैत विहान साढे ८ बजे महादेवस्थान–१ बर्खेटारको काभ्रेभीरमा सडकबाट करिब ५०० मीटर तल खस्दा २४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १७ पुरुष र सात महिला छन् । मृतकमध्ये १७ जनाको सनाखत भएको छ । दुर्घटनामा परी बस चालक काठमाडौँका अर्जुन उप्रेती, उदयपुरका शान्ता राई र उनका छोरा ओमश्री, उदिम राई, हेम सुनुवार, भविन राई तथा बजुनारायण श्रेष्ठको मृत्यु भएको उद्धारमा खटिएका सशस्त्र प्रहरी बल हलेसी गुल्मका प्रहरी निरीक्षक फुर्गेली शेर्पाले जानकारी दिए ।

यस्तै खोटाङका विमला राई, सन्तोष कटुवाल, सुरेन्द्र राई, मेजर राई, भैरव राई, नेत्रकुमारी राई, गोविन्द तिमिल्सेना र खम्बबहादुर राई तथा सोलुखुम्बुका सुस्मा राई र सोम सुन्दासको समेत मृत्यु भएको छ ।

शुरुमा २८ जना सवार बसमा बाटोमा यात्रु थपिंदै जाँदा करिब ७० जना पुगेका थिए ।

घाइते ३१ जनामध्गये म्भीर घाइते २३ जना काठमाण्डौ पठाईएको छ । उनीहरुमध्ये  शिक्षण अस्पताल महाराजगंजमा २० जना, ग्रिन सिटी अस्पतालमा १ जना, नेपाली सेनाको छाउनी अस्पतालमा १ जना र बि.एण्ड बि अस्पतालमा १ जनाको उपचार भईरहेको छ ।

८ जनाको स्थानीय ताप्ले अस्पतालमा उपचार भईरहेको छ ।

घटनास्थल सदरमुकाम दिक्तेलबाट करिब चार घन्टा पैदलयात्राको दूरीमा रहेको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उक्त ठाउँमा यसअघि पनि पटक पटक दुर्घटना हुने गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>