Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालमा कार्यरत चिकित्सकको संख्या ११ हजार - Himalkhabar.com

समाचारमंगलबार, चैत्र ३०, २०७२

नेपालमा कार्यरत चिकित्सकको संख्या ११ हजार

रामु सापकोटा

नेपाल चिकित्सक संघले हाल नेपालमा कार्यरत चिकित्सकहरुको संख्या करिब ११ हजार रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

Info.inddसंघले २९ चैतमा पत्रकार सम्मेलन गरी नेपाल मेडिकल काउन्सिलमा हालसम्म दर्ता भएका कुल चिकित्सकको संख्या १७ हजार ३२१ रहेकोमा मुलुकभित्र कार्यरत चिकित्सकको संख्या करिब ११ हजार रहेको बताएको हो ।

त्यसैगरी काउन्सिलमा दर्ता भएका तर, मुलुक बाहिर रहेका चिकित्सकहरुको संख्या समेत जोडदा यो संख्या कुल १३ हजार ५१० पुग्छ ।

दर्ता भएकामध्ये केहीको मृत्यु भएको र केही सम्पर्कमा नआएकोले दर्ता भएको कुल संख्या र हाल कार्यरत संख्याबीच फरक देखिएको हो ।

काउन्सिलमा दर्ता भएका ४ हजार ७३७ विशेषज्ञ चिकित्सक मध्ये २ हजार ७७९ मात्र हाल मुलुकभित्र कार्यरत रहेको संघको तथ्याङ्क छ । यस्तै सरकारी सेवामा भने एक हजार ६६३ चिकित्सक कार्यरत छन् ।

संघका अनुसार मुलकमा विशेषज्ञ चिकित्सकमा सबैभन्दा बढी ७६६ डेन्टल सर्जन र सबैभन्दा कम १ जना बाल मानसिक रोग चिकित्सक कार्यरत छन् ।

तथ्याङ्क अनुसार हालसम्म नेपालबाट ५६९९, चीनबाट २१८३, भारतबाट १८२६, बंगलादेशबाट १३००, रुसबाट ८८० र फिलिपिन्सबाट ११२ चिकित्सकले एमबिबिएस तथा सो सरहेको अध्ययन पुरा गरेका छन् ।

संघले मोबाइल एप मार्फत चिकित्सकहरुको तथ्याङ्क सार्वजनिक गरेको हो ।

एपमा समाचार तथा घटना, चिकित्सकको तथ्याङ्क, बिरामीका गुनासा, जर्नल, चिकित्सकका लागि उपयोगी क्याल्कुलेटर लगायतका उपयोगी सामाग्री राखिएको छ ।

यस्तै, एपमा अस्पताल र जिल्ला अनुसार चिकित्सकहरुहरुको संख्या र उनीहरुको विवरण राखिएको चिकित्सकको अद्यावधिक तथ्याङ्क संलकन टोलीका संयोजक डा. सुवोध प्याकुरेलले बताए ।

१३ महीना अघिदेखि शुरु भएको चिकित्सकको अद्यावधिक तथ्याङ्क संलकन काम ३ चैतमा सम्पन्न भएको थियो ।

देश भित्र र बाहिर रहेका चिकित्सकलाई दुई पानाको फारम भर्न लगाएर तथ्याङ्क संलकन गरिएको थियो ।

हेल्थ कन्र्सनको संयोजन तथा सहकार्य र एनलोकेट प्राविधि सहयोगमा चिकित्सक संघले स्वास्थ्य उपचारमा सहयोगी हुने मोबाइल एप सार्वजनिक गरेको हो ।
रामु सापकोटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>