थप समाचारमंगलबार, चैत्र ३०, २०७२

हतियारसहित इन्जिनियर पक्राउ

हिमालखबर

सप्तरीको इटहरी बिष्णुपुर गाविसबाट एक इन्जिनियर हतियारसहित पक्राउ परेका छन् ।

तस्वीर: श्रवणकुमार देव

तस्वीर: श्रवणकुमार देव

ब्रहमपुर– ५ घर भई राजविराज– ७ मा बस्दै आएका इन्जिनियर विपिन झालाई प्रहरीले अटोमेटिक पेस्तोलसहित पक्राउ गरेको हो ।

छिन्नमस्ताबाट मोटरसाइकलमा आउँदै गरेका झालाई प्राप्त सूचनाका आधारमा विष्णुपुर चोकमा चेकजाँच गर्दा उनका साबाट पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

स.६प १६९२ नम्बरको मोटरसाइकलमा हतियारसहित सवार झालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले झालाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको जनाएको छ ।

श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...